बुढानिलकण्ठ नगरपालिका स्थित सितोरियो कराँते डोजोका खेलाडीहरूलाई आज नगर प्रमुखज्युको सचिवालयमा नगर प्रमुख मिठाराम अधिकारीले सम्मान गरेका छन। इन्डियाको गोवामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण पदक सहित उल्लेखनीय सफलता हासिल गरेका थिए।
नगर प्रमुख अधिकारीले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणले नगरपालिकाको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उजागर भएको उल्लेख गर्दै आगामी दिनमा खेल संरचना विकास तथा प्रतिभा अभिवृद्धिका लागि नगरपालिका निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्मान कार्यक्रमका दौरान खेलाडीका अभिभावकहरूले नगरपालिकाले खेल विकासमा देखाएको चासो र सहकार्यप्रति कृतज्ञता व्यक्त गर्दै, खेलकुदमैत्री नीतिहरूले युवा पुस्तालाई सकारात्मक दिशातर्फ अघि बढाउन मद्दत पुर्याइरहेको जनाए
कार्यक्रममा प्रशिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा खेलकुदप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। नगरपालिकाद्वारा प्रदान गरिएको सम्मानले खेलाडीहरूमा थप प्रोत्साहन जागृत भएको र भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्ने हौसला मिलेको सहभागीहरूले बताएका छन्।






