बुढानीलकण्ठ नगरपालिकाको कृषि विकास शाखाले आ.व. २०८२/८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न कृषक–मैत्री कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले कृषक, कृषक समूह, कृषि सहकारी संस्था तथा निजी कृषि फार्महरुलाई लक्षित गरी आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।

नगरपालिकाले सार्वजनिक गरेका प्रमुख कार्यक्रमहरुमा अर्गानिक कृषि प्रवर्द्धनका लागि प्राङ्गारिक मल वितरण, कौसी खेती गर्ने कृषकलाई स्ट्यान्ड वितरण, भर्मी कम्पोष्ट मलमा ५० प्रतिशत अनुदान, मिनि टिलर ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने योजना, व्यावसायिक तरकारी खेतीका लागि सिल्पोलिन प्लाष्टिक वितरण, इन्सेक्ट नेट वितरण तथा धान, गहुँ, मकै लगायतका उन्नत तथा वर्णशंकर जातका बीउ वितरण समावेश छन्।

कृषि विकास शाखाका अनुसार इच्छुक कृषक वा संस्थाले आवश्यक कागजातसहित नगरपालिकाको कृषि विकास शाखामा कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको दिनदेखि १५ दिन भित्र रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय