
बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको कार्यालय सहयोगी लक्षित तीनदिने तालिम कार्यक्रम भदौ १५ गतेदेखि सुरु भई भदौ १७ गते सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापनका अवसरमा प्रमाणपत्र वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो।
समापन समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा , प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौला, नगर प्रवक्ता नवराज भट्टराई , सुशासन तथा संस्थागत विकास समितिका संयोजक शम्भु प्रसाद भट्टराई, सुशासन समिति सदस्यहरू तथा प्रशासन महाशाखाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कुल ५४ जना कार्यालय सहयोगीहरूको सक्रिय सहभागिता रहेको उक्त तालिममा आन्तरिक तथा बाह्य प्रशिक्षकहरूमार्फत विभिन्न सत्रहरूको सहजीकरण गरिएको थियो। तालिमको उद्देश्य कार्यालय सहयोगीहरूको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु रहेको बताइएको छ।
नगरपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय तहमा सेवा प्रवाहमा संलग्न कर्मचारीहरूको दक्षता वृद्धिसँगै समग्र संस्थागत विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।