बुढानीलकण्ठ नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीहरूका लागि नगरपालिकाले अत्यन्त जरुरी सूचना सार्वजनिक गरिएको छ। सामाजिक सुरक्षा नियमावली (दोस्रो संशोधन) २०७६ को नियम ९ को उपनियम १ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४ बमोजिम, आगामी आर्थिक वर्ष २०८२/०८३ मा नियमित रूपमा भत्ता प्राप्त गर्न सबै लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा नवीकरण गर्नु पर्ने भएको छ।

वडा कार्यालयमा श्रावण १ गतेदेखि भदौ मसान्त भित्र उपस्थित भई आवश्यक कागजातहरू सहित भत्ता परिचयपत्र नवीकरण गर्न नगरपालिकाले अनुरोध गरेको छ।

आवश्यक कागजातहरू:

  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (१ प्रति)

  • बसाई सराई भएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि (१ प्रति)

  • राष्ट्रिय परिचयपत्रको प्रतिलिपि (१ प्रति)

  • सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि (१ प्रति)

  • अपाङ्गता लाभग्राहीको हकमा अपाङ्गता परिचयपत्रको प्रतिलिपि (नगरपालिकाबाट जारी)

  • विधवा महिलाको हकमा:

    • पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि

    • अर्को विवाह नगरेको प्रमाणित विवरण (१ प्रति)

नगरपालिकाले जानकारी गराएको छ कि सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४ को उपदफा ६ अनुसार तोकेको म्यादभित्र नवीकरण नगरेका लाभग्राहीहरूको लगत कट्टा गरिनेछ। यसरी लगत कट्टा भएका लाभग्राहीले भत्ता प्राप्त गर्ने अधिकार गुमाउनेछन्।

यद्यपि, सामाजिक सुरक्षा ऐन २०७५ को दफा १२ बमोजिम पुनः लाभग्राही सूचिकृत हुन निवेदन दिन सकिने व्यवस्था गरिएको छ।

नगर प्रशासकीय अधिकृत महेश प्रसाद पाठकले सूचना जारी गर्दै सबै लाभग्राहीहरूलाई समयमै वडा कार्यालयमा उपस्थित भई नवीकरण प्रक्रियामा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय