कपन ह्याण्डबल बहुउद्देश्यीय खेलमैदानमा हरेक शनिबार Grassroot Football तालिम संचालन हुन थालेको छ ।

असार २८ गते शुरु भएको तालिम ३ वटा समुहमा विभाजन गरी संचालन भएको छ । तालिम बिहान ६ देखि ७ बजे सम्म १२ देखि १४ बर्ष सम्मका बाल बालिकालाई, बिहान ७ देखि ८ बजे सम्म १० देखि १२ बर्षसम्मका र बिहान ८ देखि ९ बजे सम्म ८ देखि १२ बर्षसम्मका बालबालिकाकोलागी संचालन हुदैँ आएको छ । शुभारम्भको दिन ५७ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

वडा नं. १० ले आयोजना गरेको यो तालिमको निमित्त सहभागि हुन इच्छुक को लागि श्रावण २ गते सम्म आवेदन माग गरिएको थियो ।

तालिमको प्रशिक्षकको रुपमा नेपालि टिमका पुर्व राष्ट्रीय गोल रक्षक बिशाल श्रेश्ठको नेतृत्वमा अनुभवी प्रशिक्षकहरुको टिमको सहभागिता रहेको छ ।

Grassroots Football Training सङ्गै यो बर्षनै युथ लिग फुट्बल आयोजना गर्ने वडा कार्यलयको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय