मण्डिखाटार, बुढानीलकण्ठस्थित गेट कलेजले बुढानीलकण्ठ युथ काउन्सिल–०८ सँगको सहकार्यमा युवाहरुको प्रतिभा र क्षमता विकासका लागि असार २८ गते शनिबार विशेष फेस्ट कार्यक्रम आयोजना गर्ने भएको छ।
यस कार्यक्रम अन्तर्गत सहभागीहरूलाइ लक्षित गर्दै २ रात ३ दिनको चितवन–पोखरा टुर प्याकेज समेत सार्वजनिक गरिएको छ, जसले युवाहरुमा आपसी सम्बन्ध, ज्ञान र अनुभव आदानप्रदानमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।







