बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ युवा परिषद्‌को आयोजनामा ३० जना युवालाई लक्षित गरी बारिष्टा तालिम सम्पन्न भएको छ।

२०८२ जेष्ठ १३ देखि १९ गतेसम्म संचालन गरिएको उक्त तालिममा मोकाभिल्ला बारिष्टा स्कुलको प्राविधिक सहयोग रहेको थियो।

समापन कार्यक्रममा मेयर मिठाराम अधिकारीले युवालाई सीपमुखी बनाउँदै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।

वडा अध्यक्ष राजु अधिकारीले युवा परिषद्‌मार्फत वडाका युवाहरूलाई रोजगारीमुखी तालिम दिइरहेको जानकारी गराउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए।

युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराईले तालिमबाट युवाहरूमा आत्मविश्वास र उद्यमशीलता विकास हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय