बुढानीलकण्ठ नगर युवा परिषदमा थप सदस्यहरु मनोनीत भएका छन् ।
नगरप्रमुखकाे अध्यक्षता र रुपेश भट्टराईको उपाध्यक्षतामा रहेको यस परिषदमा १० जना सदसयहरु थपिएका हुन् ।
मनोनीत हुनेहरुमा दीपक तामाङ (वडा नं १), शिरीष पौडेल (वडा नं २), अजु सिटौला (वडा नं २), रोशन दुलाल (वडा नं ५), अर्पणा तिवारी (वडा नं ८) प्रयास पाण्डे (वडा नं ९), नेहा गुरुङ (वडा नं १०), सुजन लामा (वडा नं ११), अजय कुइँकेल (वडा नं १२), विष्णु श्रेष्ठ (वडा नं १३) रहेका छन् ।
युवाको हक हितको संरक्षण, सम्वर्द्धन र सशक्तीकरणका साथै शिक्षा,सीप, उद्यमशीलता र रोजगारीलाई प्रबर्धन गर्दै स्थानीय स्रोत र साधनको अधिकतम उपयोगबाट समुन्नत नगरपालिका निर्माणका लागि युवासम्बन्धी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाहरुको सार्थक सहभागिता बृद्धि गरी विकासमा मूलप्रवाहीकरण गर्न वाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० को अधिकार प्रयोग गरी बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाले यो कार्यविधि बनाएको छ ।
मनोनित भएका नयाँ सदस्यहरुलाई बिहिबार (हिजो) एक कार्यक्रम विच नगरप्रमुख एवं परिषदका अध्यक्ष मिठाराम अधिकारीले सपथ ग्रहण गराउनुभएको थियो । उहाँले थप सदस्यहरुलाई आफ्नो कार्यकुशलता अनुसार युवाहरुको हक, अधिकार र विचारको सम्बोधन हुनेगरी कारयक्रम, योजनहरु संचालन गरन निर्देशन दिनुभएको छ ।