चाइल्ड नेपालले फिफा फाउन्डेसनको सहयोग र बुढानीलकण्ठनगरपालिकाको समन्वयमा, प्रारम्भिक बाल विकास उमेर समूहका बालबालिकाहरूका लागि फुटबल प्रतियोगिता भद्रकाली फुटसल, चुनिखेल, मैदान, बुढानीलकण्ठ नगरपालिकामा आयोजना गरिएको थियो ।
आयोजकका अनुसार मानव अधिकार महाभेलाकाे सन्दर्भमा प्रारम्भिक बाल विकास उमेर समुहका बालबालिकाकाे अन्तर विद्यालयस्तरिय फुटबल प्रतियोगिताका कार्यक्रम आयोजना गरिएको हो ।
चाइल्ड नेपालका रिवाज विक्रम भण्डारीद्वारा राष्ट्रिय गान बजाएर औपचारिक रूपमा आरम्भ सुरुवात गरिएको थियो । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका, प्रमुख श्री ललित विक्रम सिंह, चाइल्ड नेपालका कार्यकारी निर्देशक श्री मोहन दँगाल, र प्रशासनिक प्रबमुख श्री सुमिता सापकोटा प्रमुख अतिथिहरूको रूपमा उपस्थित थिए ।
चाइल्ड नेपालका कार्यकारी निर्देशकले कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्व स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा ट्रफीको अनावरण चाइल्ड नेपाल र बुढानीलकण्ठनगरपालिकाको संयुक्त पहलमा गरिएको थियो । उद्घाटन समारोहको समापन बुढानीलकण्ठ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख श्री ललित विक्रम सिंहको मन्तव्य सहित भएको थियो, र प्रतियोगिता सुरु गर्न रेफ्रीलाई बल हस्तान्तरण गरियो ।
प्रतियोगितामा श्री जनउद्धार मा.वि., श्री महाँकाल जनजागृति मा.वि., श्री श्रीराम आ.वि., श्री नेपाल चार्टर स्कूल, श्री आत्मविकास आ.वि., र श्री मदनआश्रित आ.वि.का बालक र बालिका समूहहरू सहभागी भई पहिलो खेलमा कुल १२ पटक खेल खेलेका थिए ।
सेमिफाइनलमा बालकहरूको तर्फबाट श्री महाँकाल जनजागृति मा.वि. विरुद्ध श्री श्रीराम आ.वि., साथै श्री जनउद्धार म.वि. विरुद्ध श्री आत्मविकास आ.वि. बीच प्रतिस्पर्धा भएको थियो । फाइनलमा श्री श्रीराम आ.वि. विरुद्ध श्री आत्मविकास आ.वि. खेलेका थिए । बालिकाको समूहबाट सेमिफाइनलमा श्री मदनआश्रित आ.वि. विरुद्ध श्री जनउद्धार मा.वि., र श्री आत्मविकास आ.वि. विरुद्ध श्री नेपाल चार्टर स्कूल प्रतिस्पर्धा भएको थिए, जसमा फाइनलमा श्री जनउद्धार म.वि. विरुद्ध श्री नेपाल चार्टर स्कूल पुगेका थिए ।
तेस्रो स्थानको लागि, बालकहरूको तर्फबाट श्री महाँकाल जनजागृति म.वि. . विरुद्ध श्री जनउद्धार म.वि., र बालिकाहरूको तर्फबाट श्री आत्मविकास आ.वि.. विरुद्ध श्री मदनआश्रित आ.वि. बीच खेलेका थिए ।
बालकहरूको तर्फबाट, २ गोल गरेर श्री श्रीराम आ.वि. प्रथम, १ गोल गरेर श्री आत्मविकास आ.वि. द्वितीय, र १ गोल गरेर श्री महाँकाल जनजागृति म.वि. तृतीय स्थानमा हासिल गरेका थिए भने बालिकाहरूको तर्फबाट, २ गोल गरेर श्री नेपाल चार्टर स्कूल प्रथम, १ गोल गरेर श्री जनउद्धार म.वि. द्वितीय, र १ गोल गरेर श्री मदनआश्रित आ.वि. तृतीय स्थानमा हासिल गरेका थिए ।
बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री मीठाराम अधिकारी, चाइल्ड नेपालका संरक्षक एवं संस्थापक अध्यक्ष डा. कृष्ण सुवेदी, चाइल्ड नेपालका अध्यक्ष श्री ठाकुर प्रसाद खकुरेल, रोयल भिल्ला रिसोर्टका सञ्चालक श्री पुष्कर मल्ल, चाइल्ड नेपालका कार्यक्रम संयोजक श्री तोयनाथ तिवारी, र वित्त संयोजक श्री सलिना धितालको उपस्थितिमा समापन समारोह र पुरस्कार वितरण गरिएको थियो । सहभागी खेलाडीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । नगर प्रमुखद्वारा बालक र बालिका समूहहरूलाई ट्रफी हस्तान्तरण गरी कार्यक्रम समापन गरिएको थियो । अन्तमा, चाइल्ड नेपालका अध्यक्ष श्री ठाकुर प्रसाद खकुरेलले आयोजक र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो मन्तव्य सहित प्रतियोगिता समापन गर्नुभएको थियो ।