बुढानीलकण्ठ नगरपालिकाले घरआवास (होमस्टे) सम्बन्धी तालिम सञ्चालन गर्न लागेको छ ।

नगरपालिकाभित्रका स्थानीय उत्पादन, कला, संस्कृति, मूर्त एवं अमूर्त सम्पदाको संरक्षण, प्रवर्द्धन एवं पर्यटन विकास गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने ‘उद्देश्यले घरआवास (होमस्टे) सञ्चालन सम्बन्धी आधुनिक तथा व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको उद्योग तथा पर्यटन शाखाले जानकारी दिएको छ ।

यस तालिममा नगरपालिकाभित्र स्थायी रुपमा बसोवास भएका र घरआवास (होमस्टे) सञ्चालन गर्न ईच्छुक व्यक्तिहरुले २०८१ मंसिर २१ गते कार्यालय समयभित्र नगरपालिकाको उद्योग तथा पर्यटन शाखामा आफ्नो आवेदन दर्ता गराउनुहुन शाखाले अनुरोध गरेको छ ।

थप जानकारी:

१. आवेदनको फारामको ढाँचा नगरपालिकाको उद्योग तथा पर्यटन शाखा वा नगरपालिकाको वेवसाइट www.budhanilkanthamun.gov.np मा प्राप्त सकिनेछ ।
२. आवेदनको स्थायी बसोबास खुल्ने कागजात (बसाईसराई भएको हकमा सोको प्रमाण) तथा निजको घरआवास भएको प्रमाणसहितको कागजातको प्रतिलिपी समेत आवेदनका साथ पेश गर्नुपर्नेछ ।
३. थप जानकारीका नगरपालिकाको उद्योग तथा पर्यटन शाखामा अर्थात मो. ९८६८००५३७५ मो. ९८४७४२२४७५ मा सम्पर्क गर्न सकिनेछ


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय