बुढानीलकण्ठ नगरपालिका वडा नं ३ को रचनात्मक कार्यक्रम यस नगरपालिकाभित्र आयोजित ‘1st Budhanilkantha Open Road Race (10 km) Championship-2024’ बृहत सहभागीताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा ओलम्पीयन खेलाडी सन्तोषी श्रेष्ठको विषेश उपस्थिति रहेको थियो र कार्यक्रम उद्घाटन र साथै प्रतियोगीहरुसँग सहभागी समेत रहनुभएको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता नगरपालिकाका उपप्रमुख अनिता लामाले गर्नुभएको हो ।
महिला तथा पुरुष दुवै बिधामा आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुसमेत उल्लेखनीय उपस्थिति रहेको थियो।
महिला बिधातर्फ त्रिभुवन आर्मी फुटबल क्लब (TAFC) की पूर्णलक्ष्मी न्यौपानेले इप्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो । त्यस्तै द्वितियमा सशस्त्र प्रहरी बल (APF) की आशा राउत, तृतिय सुसन कार्की, चौथौ सोनु घतानी, पाँचौँ मञ्जु सुनुवार, छैटौँ आइस्मा आचार्य, सातौँ सृजना राई, आठौँ पूर्णिमा श्रेष्ठ, नवौँ अमृता बलामी र दशौँ स्थानमा रितु राईले उपाधी हासिल गर्नुभएको थियो।
त्यसैगरी पुरुष बिधा तर्फबाट त्रिभुवन आर्मी फुटबल क्लब (TAFC) का मुकेश पलद्वारा प्रथम स्थान हासिल गर्नुभएको थियो। द्वितिय स्थानमा TAFC का संजय श्रेष्ठ, तृतिय स्थानमा सोहि क्लबका शुसिल कु. शाहीले उपाधी हासिल गर्नुभएको थियो। चौथो स्थानमा राजेन्द्र तामाङ्ग, पाँचौँ स्थानमा पुनः त्रिभुवन आर्मी फुटबल क्लबका सुवास कार्की, छैटौँ स्थानमा सोहि क्लबका गजेन्द्र राई, सातौँमा मिङ्मा सिंगी तामाङ्ग, आठौँ स्थानमा क्लबकी धनु मानन्धर, नवौँ स्थानमा राजन चौधरी र दशौँ स्थानमा नविन बानियाँले उपादी हासिल गर्नुभएको थियो।
प्रथम देखि दशौँ स्थान हासिल गर्नुभएका दुवै विधाका प्रतिस्पर्धीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
बुढानीलकण्ठ नगरपालिकालाई खेल क्षेत्रको एउटा उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न र खेलाडीहरुलाई खेल खेल्न वातावरण बनाई उत्कृष्टता हासिल गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ यस प्रतियोगिता आयोजना गरेको प्रतियोगिता संयोजक एवं वडा नं. ३ का सदस्य विकास तामाङले जानकारी दिनुभयो ।
स्थानीय स्तर साथै राष्ट्रिय स्तरमा संघर्षरत खेलाडीहरुलाई समावेश गरी च्याम्पियनसीप मार्फत स्वयं बुढानीलकण्ठ नगरपालिकालाई खेल क्षेत्रमा प्रचार गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य लिएको प्रेस सम्मेलन कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष आकाश धितालले बताउनुभयो ।
यस प्रतियोगिता बुढानीलकण्ठ नारायण्स्थान मन्दिरबाट सुरु भई वडा नं. ०५ मा अवस्थित श्री पञ्चकन्या स्कुल हुँदै टोखा चण्डेश्वरी-टोखा गणेशथान – हात्तिगौडा विष्णुमतीपुल-हात्तिगौडा रामसीता मन्दिर -हात्तिगौडा चोक -वडा नं ०३ कार्यालय चपलीबाट नारायणस्थान मन्दिरमा टुङ्गिने आयोजकले जनाएका छन् ।