के तपाईं नि:शुल्क रूपमा औद्योगिक प्रशिक्षार्थी तालिम लिएर स्वरोजगार बन्न चाहनुहुन्छ? जो चाहेर पनि तालिम लिन सकिरहेका छैनन्. उनीहरूलाई मध्येनजर गर्दै बुढानीलकण्ठ नगरवासिहरुका लागी २४ महिने निशुल्क तालिम सुरू हुने भएको छ ।
बागमती प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित इन्स्योर परियोजना दोस्रो अन्तर्गत २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिशीप) कार्यक्रमको प्रि-डिप्लोमा तहको निशुल्क भर्ना खुलेको छ ।
होटल म्यानेज्मेन्ट, सिभिल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा नि:शुल्क भर्ना खुलेको हो।
एसएलसी सकेका र १६ वर्ष कटेका व्यक्तिले उक्त तालिममा आवेदन दिन सक्नेछन्। आवेदन असोज १८ गतेसम्म दिन सकिनेछ।
थप जानकारीका लागिः