बुढानीलकण्ठ, असोज ११ गते । 

बुढानीलकण्ठ नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ प्रारम्भ भएदेखि हाल सम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

 

नगरपालिकाले गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने गरेको नगर प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्यालले बताउनुभयो । कार्यक्रम मार्फत उहाँले वि.सं. २०८१ साल जेठ महिना देखि हाल सम्म भएका सम्पुर्ण योजना, कार्यक्रम तथा गतिविधीहरुको वृष्तृत विवरण पेश गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिता को सम्बन्धमा १४ जना नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरु प्रस्तुत गर्नुभयो ।

नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको नगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा आएका सुझाबहरुको उच्च मुल्याङ्कन गर्दै नगरपालिकाको गतिविधीलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न मद्दत पुग्ने नगरप्रमुख मिठाराम अधिकारीले बताँउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय