काठमाडौं, २०५३ जेठ ११ — बुढानीलकण्ठ नगरपालिका स्वास्थ्य महाशाखा र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (NTCC) को संयुक्त आयोजनामा छाती रोग तथा क्षयरोगको निःशुल्क पूर्व परीक्षण शिविर आज वडा नम्बर १३ स्थित चुनिखेल स्वास्थ्य चौकीबाट सुरु गरिएको छ।

एआई (कृत्रिम बौद्धिकता) प्रविधिमा आधारित एक्स-रे (ACF Camp) प्रणालीको प्रयोग गरी सञ्चालन गरिएको यस शिविरमा नगरवासीले विहान ९:०० बजेदेखि दिनको ५:०० बजेसम्म निःशुल्क रूपमा छाती परीक्षण गराउन सक्ने जनाइएको छ। शिविर आज २०५३/०२/११ गतेदेखि सुरु भई क्रमशः नगरका विभिन्न वडामा सञ्चालन हुनेछ।

कार्यक्रमका फोकल पर्सन प्रतिभा रेग्मीले यस शिविरमा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी, कुपोषित बालबालिका, जेष्ठ नागरिक, मधुमेह, क्यान्सर तथा एचआईभी भएका व्यक्तिहरू, धुम्रपान र लागूपदार्थ सेवन गर्नेहरू, तथा विभिन्न कलकारखानामा काम गर्ने मजदुरहरूलाई प्राथमिकताका साथ सेवा दिइने बताए।

२ हप्ता वा सोभन्दा बढी समयदेखि लगातार खोकी लागेको, ज्वरो आएको, तौल घटेको, खानामा रुची नभएको वा छाती दुखेको जस्ता लक्षण भएका व्यक्तिहरूले अनिवार्य रूपमा परीक्षण गराउन आग्रह गरिएको छ। शिविर आगामी दिनहरूमा मण्डीखाटार (वडा नं. ९), चपली घुम्ती (वडा नं. ३), न्यायिक चोक (वडा नं. ६) र बुढानीलकण्ठ नगर अस्पताल, कपन (वडा नं. १०) मा पनि सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय