भदौ २४ गते भएको आन्दोलनको क्रममा क्षति भएको बुढानीलकण्ठ नगरपालिका १०, ११ र १२ को वडा कार्यालयहरूमा नगरपालिका कर्मचारी, जनप्रतिनिधि, स्थानीयवासी र नगरप्रहरीले संयुक्त रुपमा सरसफाइ गरेका छन् ।

सरसफाइ भएसँगै नगरपालिका सम्पूर्ण संयन्त्र, स्थानीयवासी, समाजसेवी तथा जनप्रतिनिधिको समन्वय र सहयोगमा वडा कार्यालयहरू यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिनुभएको छ । 

भिडियोः

https://fb.watch/C7UuN2guEd/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय