नगरपालिकाबाट विभिन्न याेजनाहरूकाे नियमित अनुगमन गर्ने कार्य भइरहेकाे छ । अनुगमन टाेलीले माघ १८ गते वडा नं. २, ५, ६, ९, ११, १२, १३ गरी ७ वटा वडामा ११ याेजनाहरूकाे अनुगमन गरेकाे थियाे । यस अन्तर्गत ढल तथा मंगल निर्माण तथा व्यवस्थापन, सडक ढलान, ह्युम पाइप राख्ने, रिटेनिङ वाल निर्माण, भवन मर्मत र मन्दिर संरक्षणका याेजनाहरू रहेका थिए ।
नगरपालिकामा निर्वाचित प्रतिनिधी आएपश्चात याेजना अनुगमनकाे क्रम सुरू भएकाे हाे । यस समितिकाे मुख्य कार्य गुणस्तरयुक्त काम भए नभएकाे हेर्ने हाे । उपप्रमुखकाे संयाेजकतामा ३ जना जनप्रतिनिधिहरू, याेजना महाशाखाबाट १ कर्मचारी, र शहरी तथा पूरर्वाधार विकास महाशाखाबाट १ कर्मचारी अनुगमन समितिमा रहेका छन् । याेजना शाखा सदस्य-सचिवकाे भूमिकामा रहने गर्छन् भने प्राविधिक शाखाले प्राविधिक पक्षहरूकाे जाँच गर्दछन ।
अनुगमन गर्ने क्रममा उपभाेक्ता समितिका अध्यक्ष, सचिव, काेषाध्यक्ष, सदस्य वा लाभांभीत व्यक्तिहरूकाे उपस्थिति अनिवार्य हुन्छ ।
याेजना कार्यावनयन हुने क्रममा वडामै रहेका आन्तरिक अनुगमन समितिहरूबाट पनि निरीक्षण र अनुगमनकाे कार्य हुने, र ती सबै अनुगमनलाई पनि अनुगमन गर्ने काम यस समितिकाे रहेकाे याेजना महाशाखाबाट विनाेद अधिकारी ज्यूले जानकारी दिनुभएकाे छ ।
अनुगमन कहिले गरिन्छ त ?
उपभाेक्ता समितिले याेजना सम्पन्न भएपश्चात अनिवार्य रूपमा आफ्नाे कार्य सम्पन्न भएकाे माइन्युट सहित सुचना वडामा बुझाए पछि वडाबाट याेजना सम्पन्न भएकाे शिफारिस प्राप्त हुन्छ । ततपश्चात, नगरपालिकाले सम्बन्धित वडाकाे प्राविधिकलाई मूल्यांकन गर्नका लागी ताेकआदेश दिन्छ र साेही मूल्यांकनकाे प्रतिवेदन (आवश्यक याेजनाहरूमा ल्याब रिर्पाेट सहित) आएपछि मात्रै याेजना महाशाखाले अनुगमनकाे सुचीमा राख्छ । अनुगमनकाे सुचीमा रहेका याेजनाहरूलाई तालिकाबद्द रूपमा राखी कम्तीमा १ जनप्रतिनिधी, याेजना शाखा र प्राविधिक शाखाका १/१ जनाकाे टाेली हप्तामा २ दिन नियमित रूपमा र आवश्यक्ता अनुसार थप अनुगमन पनि गर्छन ।