बूढानीलकण्ठ, श्रावण २४ गते । बूढानीलकण्ठ नगरपालिकामा २०७८ साल श्रावण २५ र २६ गते काेभिड शिल्ड खाेपकाे दाेस्राे मात्रा लगाइने जानकरी प्राप्त भएको छ । याे खाेप ६५ वर्ष माथि वा अन्य जोखिम समूहमा रहेका पहिलाे मात्रा लगाएका व्यक्तिहरुलाइ मात्र लगाइने छ ।
नगरपालिका भित्रका लागि खोप लगाउने केन्द्रहरु यस प्रकारका रहेका छन्ः
१. श्री गणेश मा.वि., गणेश चोक वडा नं. २
२. श्री महाकाल स्वास्थ्य चौकी, गोल्फुटार, वडा नं. ०८
३. श्री बालउद्वार मा. वि., कपन बेख, वडा नं. १०.
४. श्री नेपाल चार्टर स्कुल, मनकामना मन्दिर वडा नं १०
समयः
बिहान १०.३० बजे देखि दिउसाे ४ बजे सम्म
यी केन्द्रहरू मध्य पायक पर्ने केन्द्रमा ताेकिएकाे समयमा गइ खाेप लगाउन हुन अनुराेध गरिन्छ ।