बूढानीलकण्ठ, श्रावण १९ गते ।   बूढानीलकण्ठ नगरपालिकाको आठौँ नगरसभाको निर्णय अनुसार आर्थिक वर्ष २०७८-७९ का  सबै कार्यक्रम र योजनाहरु पौष मसान्त सम्म पेश गरी सम्झौता गरिसक्न पर्ने जनाईएको छ ।

कार्यक्रम र योजनाहरु आर्थिक वर्षको अन्तिममा धकेल्दा हतारमा पर्याप्त अनुगमन हुन नसक्ने र बर्षातको कारण कामको गुणस्तरमा पनि असर परिरहेको स्थितितर्फ सचेत हुँदै समयमा नै काम गर्ने परिपाटिको सिर्जना गर्न यो निर्णय गरिएको हो ।

यस निर्णय अन्तर्गत प्रत्यक बर्ष पौष मसान्तसम्म योजना सम्झौता\ टेण्डर गरिने र सोहि आ.व. को बैशाख मसान्तसम्म सम्पन्न गरी फरफारक गरिने व्यवस्था मिलाईएको छ ।

यसका साथै नगरसभाबाट स्वीकृत योजना र कार्यक्रमहरु प्रथम चौमासिकबाट खरिद प्रक्रिया सुरु गर्ने र दोश्रो चौमासिकदेखि कार्यान्वयन गरी समयभित्र कार्यान्वयन पुरा गर्न निर्देशन दिईने निर्णयमा जनाईएको छ ।

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?

  • उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि ।
  • उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि ।
  • आयोजनाको लागत अनुमान विवरण ।
  • उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय ।
  • आयोजनाको कार्यान्वयनको कार्य तालिका ।
  • खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात ।
  • योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो ।
  • योजनाको छाप ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय