नगरपालिकामा पछिल्लो २४ घण्टामा  ३७ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदन अनुसार संक्रमित मध्य १२ जना महिला र २५ जना पुरुष रहेको महाशाखाले जनाएको छ ।

कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालय (जि. प्र.का.)को आदेश अनुसार बैशाख १६ गते देखि बैशाख २२ गते सम्म लागु हुने गरी निषेधाज्ञा गरिएको छ ।

बूढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट ७३ बर्षिया वृद्दाको मृत्यु भईसकेको र बालबालिकालाई समेत संक्रमण देखीए संगै नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले अपिल गर्नु भएको छ ।

बैशाख १६ गते बिहिबारको वडागत विवरणः

वडा नं ०२ मा (२१ वर्षिय) १ महिला,

वडा नं ०३ मा (१५,१९ वर्षिय) २ पुरुष ,

वडा नं ०५ मा ( १९ वर्षिय) १ पुरुष,

वडा नं ०६ मा (२६,३३ वर्षिया) २ महिला र (६,१९,२३,३८,६४ वर्षिय) ५ पुरुष,

वडा नं ०७ मा (२१ वर्षिय) १ महिला,

वडा नं ०८ मा (६३  वर्षिया) १ महिला र (१८,३२,३७,५१,७७ वर्षिय) ५ पुरुष

वडा नं ०९ मा (२४ वर्षिया) १ महिला र (२७,३७ वर्षिय) २ पुरुष, ,

वडा नं १० मा (२८,४५,६७ वर्षिया) ३ महिला र (२२,२७,३०,३३,३५,४९ वर्षिय) ६ पुरुष,

वडा नं ११ मा (४६,५४ वर्षिया) २ महिला र (२२ वर्षिय) १ पुरुष,

वडा नं १२ मा (३३ वर्षिया ) १ महिला र (२६,२९,५३ वर्षिय ) ३ पुरुष ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र ८४ जना महिला र १०४ जना पुरष गरी कुल १८८ जनामा संक्रमण देखिएको  छ जसमा १८३ जना होम आईसोलेसनमा छन् भने  ३ जना पुरुष र १ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः

वडा नं ०२ मा ७ महिला र ८ पुरुष,

वडा नं ०३ मा ३ महिला र ८ पुरुष

वडा नं ०४ मा ६ महिला र २ पुरुष

वडा नं ०५ मा ३ महिला र ५ पुरुष,

वडा नं ०६ मा ४ महिला र ७ पुरुष,

वडा नं ०७ मा ५ महिला र ४ पुरुष,

वडा नं ०८ मा ११ महिला र १५ पुरुष,

वडा नं ०९ मा ७ महिला र १३  पुरुष,

वडा नं १० मा २२ महिला र २२ पुरुष,

वडा नं ११ मा ५ महिला र ७ पुरुष र

वडा नं १२ मा ११ महिला र १३ पुरुष गरी कुल १८८ जना संक्रमित भएका छन् ।

महाशाखाको दैनिक प्रतिवेदन अनुसार संक्रमित मध्य २० बर्ष भन्दा मुनिका ५ जना र अन्य सबै जना २०-४८ बर्ष नाघेका व्यक्तिहरु रहेको , ७३ वर्षिया वृद्ध महिला , २ बर्षको बालिका र ३ बर्षको बालकमा पनि संक्रमण देखिएको  जानकारी  प्राप्त भएको छ ।

हालसम्म वडा नं ०१ र १३ मा भने संक्रमण देखिएको छैन । वडा नं  १० मा भने संक्रमित व्यक्ति बढ्दो संख्यामा रहेको छ ।

कोभिड संक्रमित पुष्टि भएको प्राय व्यक्तिहरु सम्पर्कमा नआएको जानकारी जनस्वास्थ्य महाशाखाले दिएको छ ।

महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा संक्रमित ट्रेसिङ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

वडा नं १० को कोभिड आईसोलेसन सेन्टर केहि दिनमै सञ्चालनमा ल्याउने तयारी भईरहेको वडा नं १० अध्यक्ष  नवराज भट्टराईले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय