लागू पदार्थ तथा दुव्येसनी नियन्त्रण तथा राेकथाम सम्बन्धी पहिलाे चरणकाे छलफल चैत्र २२ गते सम्पन्न भएकाे छ । बैठकमा लागू पदार्थ तथा दुव्येसनी नियन्त्रण तथा राेकथाम सम्बन्धी अभियान समुदाय र विद्यालयमा संचालन गर्ने विधि, प्रक्रिया, नियन्त्रण, निवारण लागु पदार्थका प्रकार सम्बन्धमा अनुभव संक्लन र छलफल गरिएकाे छ ।
सङ्ख्यात्मक रूपमा दुव्येसनी गर्नेकाे संख्या धेरै र यसको तुलनामा पुनर्वास केन्द्रहरू निकै थाेरै भएकाेले सरेकारवालाहरूका साथ विस्तृत छलफल गरि १३ वटै वडामा नितिगत रूपमा कार्यक्रमलाइ अघि बढाउने निर्णय भएकाे छ ।
नगरप्रमुख उद्धव प्रसाद खरेलकाे अध्यक्षतामा बसेकाे यस बैठकमा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की, सम्बन्धित महाशाखा र शाखा प्रतिनिधि र प्रहरी प्रभाग बूढानीलकण्ठ र कपनबाट १/१ जना प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।