नेपालमा सहकारी स्थापना भएको ६४ वर्ष पूरा हुन लागेको छ । पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ ।
६४ औँ सहकारी दिवस चैत्र २० गते देशभर विविध कार्यक्रम गरि मनाउन लागिएको छ । दिवसका अवसरमा देशभरका जिल्लामा अन्तर्क्रिया, सम्मेलन, सहकारी संस्था भेला\चियापान, लगायतका कार्यक्रम हुने गरेका छन् ।
बूढानीलकण्ठ नगरपालिकामा पनि ६४ औँ सहकारी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना हुन लागिएको छ ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा सहित नगर सहकारी समन्वय समितिको समन्वयमा बूढानीलकण्ठ सहकारी शाखाबाट बूढानीलकण्ठ मंदिर परिसर सरसफाई तथा सहकारी संस्था भेला\ चियापान समारोह आयोजना हुन लागिएको हो ।
कार्यक्रम चैत्र २० गते (शुक्रबार) बिहान ०७ बजे देखि सुरु हुने भएकोले नगरभित्र सुचिकृत सबै सहकारी संघ संस्थाहरुलाई बूढानीलकण्ठ मंदिर परिसरमा उपस्थित हुन सहकारी शाखाले यसै समाचार मार्फत सुचना दिएको छ ।
कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद , उप- प्रमुख रमा देवि राई , जिल्ला सहकारी संघ अध्यक्ष ज्ञान बहादुर तामाङ्, जिल्ला सहकारी संघ संस्था उपाध्यक्ष सिता ढकाल लगायत नगरपालिका विभिन्न शाखा प्रतिनिधीहरुको उपस्थिति रहने शाखाले सुचनामा जनाएको छ ।