बूढानीलकण्ठ नगरपालिकामा ३१६८ जनाले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन्। जनस्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार पहिलो दिन ७३९ जना ( पुरुष ४३६\महिला ३०३) , दोस्रो दिन ८१३ जना (पुरुष ४१५\ महिला ३९८), तेस्रो दिन ८१३ जना (पुरुष ३७४\महिला ४३९) र चौथो दिन ८०३ (पुरुष ३८१\महिला ४१२) जनाले खोप लगाएका हुन्।
काेभिड विरूद्धकाे खाेप सेवा बासबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा र वडा नं. १३ घट्ट चाेक स्थित करूणा अस्पतालमा लगाउन सुरु गरीएको हो। खोप लगाएका मध्ये कसैलाई पनि नकरात्मक प्रभाव नदेखिएको जनस्वास्थ्य महाशाखाले जनाएको छ।
फागुन २३ गते देखी सुरु भएको दोस्रो चरणको खोप लगाउने अभियान चैत्र १ गते सम्म बिहानकाे १० बजे देखी दिउसो ३ः३० बजे भित्र हुने हुदा आफूलाई पायक पर्ने सुचीकृत केन्द्रहरूमा गई खाेप सेवा लिनुहुन जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले अनुरोध गर्नु भएको छ।
नेपाल सरकारकाे कोरोना विरूद्धकाे देशव्यापी अभियान अन्तर्गत यस चरणमा नगरपालिका भित्र स्थायी र अस्थायी रूपमा बसाेबास गर्नु हुने ६५ वर्ष माथि उमेर समूहका नागरिकहरू, सामुदायिक तथा संस्थागत निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरू, सार्वजनिक यातायात चालक र सहचालक, विगतकाे अभियानमा छुट भएका सरसफाईका कर्मचारीहरू, जनप्रतिनिधीहरू र स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई काेभिड १९ विरूद्धकाे खाेप लगाउन सुरु गरिएको हो।
वडा नं. १, २,३, ४, ५, ६, ७ र ९ का नगरवासीहरूले बासबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा गई खाेप सेवा लिन सक्नु हुनेछ । यसैगरि, वडा नं. ८, १०, ११, १२ र १३ का नगरवासीहरूले वडा नं. १३ घट्ट चाेक स्थित करूणा अस्पतालमा गई खाेप सेवा लिन सक्नु हुनेछ ।