वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईको नेतृत्वमा  स्थानीय निवासीहरूको एक समूहले बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुख मिठाराम अधिकारीसंग भेटवार्ता गरी आवश्यक माग राखेका छन्

स्थानीयले पोलिस चौकीको दक्षिण तर्फको चोक देखि मिलन चोकसम्म करिब ३५० मिटर लामो बक्स कल्भर्ट निर्माणको माग गरेका छन। उनीहरूको दावी छ कि काठमाडौँ  उपत्यका विकास प्राधिकारणबाट संचालन भईरहेका ठेक्का संख्या DCOKTM/RvW/77/78/12 र DCoKTM/RW/79/80/07 अन्तर्गत यो खण्ड समावेश नभएकोले स्थानीय बासिन्दाहरुलाई ठूलो दुःख भइरहेको छ।

वडाध्यक्ष भट्टराईले बताए अनुसार, “यो खण्ड निर्माण चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा समेत समावेश थियो, तर बजेट अभावको कारण कार्यान्वयन हुन सकेको छैन। हामीले पटक-पटक अनुरोध गर्दै आएका छौं।”

नगर प्रमुख अधिकारीले भेटवार्ताको क्रममा स्थानीयहरूको समस्यालाई गम्भीरतापूर्वक सुनेको र आगामी आर्थिक वर्षको कार्यक्रममा यस खण्डको निर्माणको लागि प्रस्ताव राख्ने आश्वासन दिएका छन्। उनले भने, “स्थानीयहरूको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै यस आवश्यक कार्यको लागि बजेट व्यवस्था गर्ने प्रयास गरिनेछ।”

यो खण्ड निर्माण नहुँदा स्थानीय निवासीहरूलाई विशेषगरी वर्षाको मौसममा ठूलो असुविधा भोग्नुपरेको छ भने यातायातको लागि पनि समस्या उत्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय