
बुढानीलकण्ठ, काठमाडौं — बुढानीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नगर विकास योजना अन्तर्गत वडा नं ५ मा स्थायी बसोबास गर्ने स्थानीयहरूलाई लक्षित गर्दै स्वरोजगार केन्द्रित उद्यमशिलता विकास तालिम सञ्चालन गरिने भएको छ।
वडा स्तरीय चालु खर्चबाट सञ्चालित यस कार्यक्रमअन्तर्गत स्थानीयस्तरमै उपलब्ध कच्चा पदार्थ—जस्तै उनबाट कि रिङ तथा मखमल कपडाबाट साईपाटाका सजावटी सामाग्री बनाउने ७ दिने तालिम आयोजना गरिने वडा कार्यालयले जनाएको छ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा आवेदन दिनु पर्नेछ।
तपशिल अनुसार आवश्यक पर्ने कागजातहरू यस प्रकार छन्:
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
२. बसाईसराई गरी आएकाको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
३. पासपोर्ट साइजको फोटो – १ प्रति
वडा कार्यालयले स्थानीयस्तरमै सीपमूलक तालिमको माध्यमबाट स्वरोजगार सृजनामा टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको जनाएको छ।