बुढानीलकण्ठ , फागुन १५ ।

बुढानीलकण्ठ नगरपालिकाले नगरवासीहरुको सहजताको लागि राजस्व सङ्कलन सम्बन्धी घरदैलो घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। फागुन १८ गतेदेखि सुरु हुने यो शिविर नगरपालिकाका सबै वडाका विभिन्न स्थान तथा चोकहरूमा सञ्चालन हुनेछ।

नगरवासीलाई कर तथा राजस्व भुक्तानी गर्न सजिलो बनाउनका लागि स्थानीय प्रशासनले यो विशेष शिविरको आयोजना गरेको हो।

नगरपालिकाले स्थानीय नागरिकहरूलाई घरनजिकै सेवा प्रदान गर्न यस प्रकारको शिविरको आयोजना गर्दै आएको छ। यस शिविरको माध्यमबाट नगरवासीहरूले आफ्नो सम्पत्ति कर, व्यवसाय कर, घरबहाल कर, अन्य कर तथा राजस्व तिर्न सक्नेछन्।

सञ्चालन गरिने घुम्ती शिविरले विशेषगरी समय अभाव र अन्य कारणले गर्दा राजस्व तिर्न असमर्थ भएका नागरिकहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ। यस शिविरमा राजस्व सम्बन्धी कुनै समस्या वा जिज्ञासाहरू समाधान गर्न विशेषज्ञ कर्मचारीहरू खटाइनेछन्।

राजस्व सङ्कलनमा सहजीकरण गर्ने उद्देश्यले प्रत्येक वडाका प्रमुख स्थानहरूमा घुम्ती शिविर राखिएको छ। नगरपालिकाले यस शिविरमा सहभागिता जनाउन नगरवासीहरूलाई आग्रह गरेको छ।

कुन कुन वडामा कहिले ?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय