बुढानीलकण्ठ नगरपालिका अन्तर्गत सञ्चालन भइरहेको दलित उत्थान कार्यक्रम (आर्थिक वर्ष २०८२/८३) मार्फत ३० जना उद्यमीलाई जुकि सिलाई मेसिन हस्तान्तरण गरिएको छ। स्थानीय स्तरमा सीप विकास र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले लक्षित वर्गमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले ८० प्रतिशत लागत व्यहोर्ने र सम्बन्धित उद्यमीहरूले २० प्रतिशत लागत साझेदारी गर्ने निर्णयमा मेसिन वितरण गरिएको हो। यसले सहभागीहरूलाई व्यवसायिक रूपमा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला को उपस्थिति रहेको थियो। सो कार्यक्रममा यस्तो सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
मेसिन वितरण प्रक्रिया पनि पारदर्शी र व्यवस्थित ढंगले अघि बढाइएको थियो। प्राप्त निवेदनका आधारमा छनोट गरिएको र सम्बन्धित वडाको सिफारिस तथा स्थलगत अनुगमनपछि मात्रै लाभग्राहीलाई मेसिन हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। स्थानीय तहबाट यस प्रकारका लक्षित कार्यक्रम सञ्चालन हुँदा दलित समुदायको जीवनस्तर सुधार हुनुका साथै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Budhanilkantha News
Made with ❤️ By Gorkhaly Labs
