काठमाडौँ — बुढानीलकण्ठ नगर अस्पतालको आयोजनामा बीमा दर्ता सहयोगीसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र उप – प्रमुख अनिता लामाको प्रमुख उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वास्थ्य बीमा सेवाको प्रभावकारी कार्यान्वयन, बीमा दर्ता प्रक्रियामा सहयोगीहरूको भूमिका, सेवा प्रवाहका चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो। बीमा दर्ता सहयोगीहरूलाई स्थानीय तहमा नागरिकलाई जानकारी विस्तार, दर्ता प्रक्रियामा सहजीकरण र बीमा सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न आवश्यक सीप तथा दिशानिर्देश प्रस्तुत गरिएको अस्पतालले जानकारी गराएको छ।

नगर प्रमुख अधिकारीले स्वास्थ्य बीमा कार्यक्रम नागरिकमा स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्थानीय तहले प्राथमिकताका साथ अघि बढाइरहेको महत्वपूर्ण कार्यक्रम भएको बताउँदै दर्ता सहयोगीहरूलाई जिम्मेवारीपूर्ण ढंगले काम गर्न आग्रह गर्नुभयो। उहाँले बीमा सेवा विस्तारमा अस्पताल, स्थानीय सरकार र सहयोगीहरूको समन्वयले स्वास्थ्य पहुँच सुधारमा ठोस प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

अस्पतालले अभिमुखिकरण कार्यक्रमले बीमा दर्ता सहयोगीहरूको दक्षता र सेवा प्रभावकारिता वृद्धि हुने अपेक्षा जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय