बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र रहेका संस्थाहरुलाई “सहकारी तथा गरिवी सम्बन्धी एकीकृत व्यवस्थापन सुचना प्रणाली (COPOMIS)” सम्बन्धी प्रशिक्षण तथा तालिम कार्यक्रम सुरु भएको छ ।
नगरपालिका सहकारी शाखाको आयोजनामा चैत्र ४ गते (आज) बाट सुरु भएको तालिम चैत्र ६ गते (३ दिन) सम्म संचालन हुने शाखाले जानकारी दिएको छ । तालिममा सहकारी संस्थाबाट सहकारीका पदाधिकारी र कर्मचारीहरु सहभागी छन् ।
तालिममा सहभागीहरूलाइ कापाेमिसकाे आवश्यक्ता, औचित्य, महत्व र उपयाेगिता, काेपाेमिस सदस्यहरूसँग सम्बन्धीत जानकारी तथा वित्तिय विवरण सम्बन्धी जानकारी, काेपाेमिसमा आवद्द गर्न संघ संस्थाहरूसँग माग गर्नुपर्ने विवरण उपर सैद्धान्तिक तालिमका साथै काेपाेमिस र काेपाेमिस संचालन विधि, पासवर्ड सम्बन्धी जानकारी, मासिक/वार्षिक वित्तिय प्रतिवेदन समेतका विषयहरूमा प्रयाेगात्मक प्रशिक्षण दिइने आयोजकले जनाएका छन् ।
सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (COPOMIS )- सहकारी तथा गरिबी निवारण क्षेत्रको एक औपचारिक, स्वचालित र आधुनिक सूचना तथा संचार प्रविधि ( ICT) मा आधारित ब्यवस्थापन सूचना प्रणाली हो । यसबाट गरिब घरपरिवार लगायत सहकारी संघ \ संस्थाहरुको सूचना ब्यवस्थापन सम्बन्धी कार्य सम्पादन हुन्छ ।