बुढानीलकण्ठ नगरपालिकाको सडक पेटी (फुटपाथ) तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न तथा निजी प्रयोगका सामग्री राख्न निषेध गरिएको छ ।
बुढानीलकण्ठ नगरपालिकाको क्षेत्रभित्रका सडक पेटी (फुटपाथ) तथा अन्य सार्वजनिक स्थलमा अनधिकृत रूपमा व्यापार व्यवसाय गर्ने, निर्माण सामग्री लगायतका निजी प्रयोगका सामग्रीहरू राखे, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतका कार्य गरी सार्वजनिक आवागमनमा बाधा अवरोध पु-याउने कार्य नगर्नु तथा नगराउनुहुन सम्बन्धित सबैलाई नगरपालिकाले सार्वजनिक सूचना मार्फत अनुरोध गरेको हो ।
सूचनाको उल्लङ्घन वा अवज्ञा गरी त्यस्तो कार्य गरे/गराएको पाइएमा नगरपालिकाको आर्थिक ऐन, २०८० र प्रचलित कानुन बमोजिम जरिवाना तथा कारबाही गरिने व्यहोरा समेत सूचनामा उल्लेख छ ।