“महिलामा लगानी समुन्नत समाजको थालनी” भन्ने मूल नाराका साथ ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले पेशागत स्वास्थ्य प्रवर्द्धन तथा सचेतना कार्यक्रम आयोजना गरेको छ ।

उद्योग, कलकारखाना, कार्यालय जस्ता स्थानहरुमा जनस्वास्थ्य अवस्थाको अनुगमन गर्दै उपयुक्त सचेतना प्रदान गर्ने उद्देश्यका साथ नगरपालिका उपप्रमुख सहितको टोलि नगरपालिकाका पेशागत श्रमिक तथा स्थानहरुमा जानुभएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखाको आयोजनामा फाल्गुन २० गते बाट सुरु भएको यस कार्यक्रम १ हप्ता सम्म निरन्तर चल्ने महाशाखा प्रमुख कुमार प्रसाद दहालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय