![](https://budhanilkantha.news/wp-content/uploads/2024/02/IMG_2913-scaled.jpg)
ऐठन उपन्यासबाट पछिल्लो मदन पुरस्कार जितेका लेखक विवेक ओझाले सो पुरस्कारको स्वाद चाख्न अझै बाँकी रहेको बताएका छन्।
महोत्सवको ‘कठघरा’ सत्रमा उनलाई लेखक राजकुमार बानीयाँले केरकार गर्दै सोधेका थिए, ‘तपाईं बाह्र वर्षदेखि फूलटाइम लेखक हुनुहुन्छ। मदन पुरस्कारपछि तपाईंलाई २४ घन्टे लेखकका रुपमा बचाइराख्ने वातावरण देला जस्तो संकेत छ कि छैन?’
जवाफमा उनले मदन पुरस्कारपछि प्रकाशकबाट आशालाग्दो संकेत पाएको बताउँदै मदन पुरस्कारको असर के कस्तो पर्छ भनिहाल्न हतार हुने बताए।
बुढानीलकण्ठ नगरपालिकाद्वारा जारी दुई दिने सांस्कृतिक साहित्यिक महोत्सवमा लेखक ओझाले मदन पुरस्कार पाउनु संजोग रहेको समेत बताए। पाठकलाई नै भनेर आफ्नो रचना गरिनँ। पाठकलक्षित नभएकोले म बिक्री हुन्नँ भन्ने थियो, उनले भने, आफूलाई महत्वपूर्ण लागेको मुद्दा र आफूले दिन खोजेको विषय पाठकसम्म पुगोस् भन्ने थियो। पुरस्कारले बजार र पाठक दुवै दियो।
कार्यक्रममा उनले थप दुई किताबको पाण्डुलिपिको खाका तयार रहेको तर त्यसलाई किताबका रुपमा पूर्णता दिन अझै तीन:चार वर्ष लाग्ने समेत बताए।