बुढानीलकण्ठ बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । फाल्गुन ११ र १ गते हुने महोत्सवका लागी गठन गरिएको सम्पुर्ण समितिको वैठक मार्फत सम्पुर्ण व्यवस्थापन सकिएको र भोलिबाट क्रमशः महोत्सव सञ्चालन हुने आयोजकले जानकारी दिएको हो ।
सबै विधाका व्यक्तित्वहरु समेटिने बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव फागुन ११ गतेबाट
यो संगै बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सवमा सहभागी हुन चाहने सबैका लागि र महोत्सवमा जिम्मेवारी तोकिएका महानुभावका लागि दुवै दिन यातायातको व्यवस्थापन गरिएको छ ।
यातायातको लागी भृकुटीमण्डप (सभा गृह अगाडि) मा विहान ९:३० बजेदेखि एउटा बसको व्यवस्था गरिनेछ र १०:०० बजे त्यहाँबाट बस महोत्सव स्थलतर्फ प्रस्थान गर्नेछ । महोत्सव सकेपछि सोही बसले साँझ ५:०० बजे पून: भृकुटीमण्डपसम्म यात्रुहरूलाई पुर्याउने व्यवस्था गर्ने आयोजकले जनाएको छ ।
सम्पर्कका लागिः
सुरज पराजुली, 9842691122
मनोज तामाङ, 9841935598
गाडी नं. बा ५ ख १२५३
महोत्सव फागुन ११ गते चुनिखेल
१२ गते बुढानीलकण्ठ मन्दिर प्राङ्गण ।
यो पनि पढ्नुहोसः
बुढानीलकण्ठ ‘साहित्यिक, सांस्कृतिक महोत्सव’ का प्रमुख आकर्षणहरु !