बूढानीलकण्ठ, फागुन ०९ गते ।
बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद् द्वारा आयोजित तेस्रो बुढानीलकण्ठ मेयरकप 7‘A’ Side फुटसल प्रतियोगिताको उपाधी वडा नं ०९ को टिम रेभियन्सले जितेको छ ।
फागुन ०९ गते सञ्चालन भएको फाईनल खेलमा वडा १२ का नेपाल फुटसल क्लबलाई ४-० गोलले पराजित गर्दै टिम रेभियन्स विजयी बन्न सफल भएको हो ।
नगर प्रमुख मिठाराम अधिकारीले विजेता र उपविजेता समुहलाई मेडल प्रमाण पत्र र शिल्ड प्रदान गर्दै भविष्यका लागि शुभकामना दिनु भएको छ ।
प्रतियोगिताको विजेता समुहलाई नगरद रु. ७० हजार र उपविजेतालाई नगद रु. ३५ हजार पुरस्कार दिईएको थियो ।
यस्तै प्रतियोगिताको उत्कृष्ठ गोलरक्षकको उपाधी टिम रेभियन्सका व्यापक खड्काले जितेका छन् भने उत्कृष्ठ खेलाडी टिम रेभियन्सकै दिविज खड्काले पाएका छन् । उनिहरुलाई ट्रफि र नगद रु. २५ सय रुपैयाँ प्रदान गरिएको छ ।
टिम रेभियन्स यस प्रतियोगितामा लगातार दोस्रो पटक विजेता बन्न सफल भएको हो । प्रतियोगिताको अवधारणा अनुसार तिन पटक सम्म लगातार जित्ने समुहलाई रनिङ शिल्ड हस्तान्तरण गरिन्छ ।
यस प्रतियोगितामा नगरपालिकाका २२ वटा फुटसल समुह खेलेका थिए ।