बुढानीलकण्ठ, माघ २९ गते । 

बुढानीलकण्ठ नगरपालिका द्वारा सञ्चालित सामुदायिक कुकुर/बिरालो बन्ध्याकरण अभियानको नगर उपप्रमुख अनिता लामाले निरिक्षण गर्नुभएको छ ।

सामुदायिक कुकुर/बिरालो व्यवस्थापनको उद्देश्य सहित माघ १६ गतेबाट सुरुभएको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप अभियानको आज नगर उपप्रमुख, पशु सेवा शाखा अधिकृत ओम कुमारी गुरुङ र सम्बन्धीत वडाका जनप्रतिनिधिहरुले संयुक्त रुपमा अनुगमन गर्नुभएको हो ।

अभियान सञ्चालनको लागी नगरपलािका पशु सेवा शाखाले वडा नं ०२ मा अवस्थित काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टर (KAT) , वडा नं ०९ मा रहेको काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (KAT CLINIC) र एस. पि. ए. ३ वटा संस्थाहरु सँग सम्झौता गरेको थियो ।

आज निस्केको संयुक्त अनुगमन टोलिले काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टर (KAT CENTER) र काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (KAT CLINIC) ले सम्झौता बमोजिम गरिरहेको काम तथा कुकुर/विरालोको अवस्था र अभियानको प्रगतीबारे निरिक्षण गर्नुभएको थियो ।

१ महिना सम्म चल्ने यस अभियान मार्फत नगरपालिकामा रहेका ५०० भन्दा धैरै सामुदायिक कुकुरको बन्ध्याकरण र व्यवस्थापन हुने पशु सेवा शाखा प्रमुख ओम कुमारी गुरुङले जानकारी दिनुभएको छ ।

अभियान अन्तरगत संस्था स्वयं आई त्यसको उद्दार गर्ने र अपरेसन मार्फत बन्ध्याकरण गरी थप व्यवस्थापनमा समेत सहयोग गर्ने भएकोले आफ्नो घरवरपर र टोल छिमेकमा रहेका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गराउन नगरपालिकालाई सहयोग गरिदिनुहुन उहाँले आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय