बुढानीलकण्ठमा १ महिने एड्भान्स सिलाई कटाई तालिम सञ्चालन भएको छ ।

वडा नं ०१ चिल्ड्रेन पार्क स्थित सामुदायिक भवनमा सञ्चालन भईरहेको तालिममा विभिन्न वडाबाट ८ जना महिलाहरु सहभागी छन् । जस मध्य वडा नं १ बाट ४ जना, वडा नं ७ बाट १ जना, वडा नं १ बाट ३ जना र वडा नं ६ बाट २ जना समेटिएका हुन् ।

तालिमको माघ २८ गते उपप्रमुख अनिता लामाले उद्घाटन गर्नुभएको छ ।

तालिममा आधारभुत तालिम लिईसकेका प्रशिक्षार्थिहरुलाई एड्भान्स प्रशिक्षण मार्फत डिजाईन कुर्ता सुरुवाल, ४ थरीका ब्लाउज र ५ थरिका पेटिकोटको डिजाईन सिलाउन सिकाईन्छ ।

तालिमको प्रशिक्षकको रुपमा सुमना डंगोल हुनुहुन्छ । सुमना डंगोलले यस अघि मेड्पा द्वारा संचालित आधारभुत तालिमहरुमा समेत प्रशिक्षण दिई सक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय