बुढानीलकण्ठ नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ ।

माघ २२ गते (मंगलबार) देखि नगरपालिकाका व्यवसायीक कृषक तथा कृषि समुहहरुलाई व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सुरु भएको कृषि विकास शाखा प्रमुख लक्ष्मी घर्तीले जानकारी दिनुभयो ।

नगरपालिका पशु सेवा शाखाको सभाहलमा संचालन भईरहेको तालिमको उद्घाटन नगर उपप्रमुख अनिता लामा, आर्थिक विकास समिति संयोजक रिना श्रेष्ठ, पशु सेवा शाखा प्रमुख ओम कुमारी गुरुङ, कृषि विकास शाखा प्रमुख लक्ष्मी घर्ति, बरिष्ठ बागबानी विज्ञ सञ्जय धिमाल लगायत कृषि विकास शाखा कर्मचारीहरुको उपस्थितिमा गरिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा तरकारी खेति गरिरहेका किसानहरुको लागि संचालन गरिएको तालिममा कृषकहरुलाई व्यवसायिक ज्ञान र व्यवसायिक तरकारी खेती गर्ने तरिका, रोग नियन्त्रणको उपाय लगायतका सिपबारे प्रशिक्षण दिईने प्रमुख घर्तिले जानकारी दिनुभयो ।तालिम प्रशिक्षकको रुपमा बरिष्ठ बागबानी बिकास विज्ञ सञ्जय धिमाल हुनुहुन्छ ।

नगरपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई विगतदेखिनै कृषिको यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गर्दै आईरहेको छ । नगरपालिकाले कृषकहरुको क्षमता अभिवृद्धि गर्दै नगरपालिकाको कृषि क्षेत्रलाई सम्मानित पेशाका रुपमा विकास गर्ने उद्देश्य राखेको हुनाले कृषकहरुलाई सिकेका सिपहरु व्यवहारमा उतार्दै आफ्नो उत्पादन क्षमता र गुणस्तरमा जोडदिनुहुन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय