नेपाल महिला एकता समाजको अग्रसरतामा आज बुढानीलकण्ठ नगरपालिकामा सञ्चालित रहेको श्रम डेस्क तथा श्रमिकहरुको सम्पूर्ण विवरण तथा श्रम डेस्क सञ्चालन सम्बन्धी निरीक्षण तथा अवलोकनका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सहितको टोली नगरपालिकामा आएको थियो।

बुढानीलकण्ठ नगरपालिकाको उपप्रमुख तथा श्रम समन्वय समितिका संयोजक श्री अनिता लामाको अध्यक्षतामा आज निरीक्षण, अवलोकन तथा अन्तर्क्रिया गरिएको हो ।

People’s courage International (PCI) बहुराष्ट्रिय संस्था अन्तर्गत मित्रराष्ट्र भारत र बंगलादेशका तर्फबाट प्रतिनिधिहरूको उपस्थितिमा श्रम समन्वय समिति तथा श्रम डेस्क सञ्चालनसम्बन्धी बृहत रूपमा छलफल तथा अन्तरक्रिया गरिएको छ।

पालिकहरुमध्ये बुढानीलकण्ठ नगरपालिकामा श्रम डेस्कको सञ्चलान भइसकेको अवस्थामा यस नगरपालिकालाई प्राथमिकतामा राखी भावी योजनाहरू निर्माणका लागि सहयोग पुग्ने उद्देश्यले आजको निरीक्षण तथा अवलोकन कार्यक्रम आयोजना गरिएको हो।

PCI सँगको सकारीका लागि त्यतिकै क्रममा रहेको नेपाल महिला एकता समाजद्वारा श्रमिकहरुको सामाजिक सुरक्षा कोष तथा श्रमिकहरुको हित संरक्षणकाकाे सुनिश्चितताका लागि विविध कार्यहरू गर्ने उद्देश्य रहेको समाजका भागवती अधिकरिज्यूले बताउनुभयो।

महिला समाज तथा PCI दुई संस्थाबीच सम्झौता तथा समझदारी गर्ने प्रक्रियामा रहेको अधिकारी बताउनुहुन्छ । सोही अनुरूप ३ दिनको श्रमिकहरुका विषयलाई लिएर सम्बन्धित विभिन्न कार्यशाला गोष्ठी आयोजना गर्दै आएको जनाउनुभएको छ।

हाल श्रमिकहरुको सामाजिक सुरक्षा सम्बन्धी सेवा तथा हक अधिकारकाे सुनिश्चितताका लागि कार्य गर्ने दुवै संस्थाको उद्धेश्य रहेकोमा सोही अनुरूप अघि बढ्ने प्रक्रियामा रहेको अधिकारी जनाउनुहुन्छ।

कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत केदार कुमार खड्का, PCI संस्था बंगलादेशबाट प्रतिनिधि बिनु अरिक्कल, भारतबाट अनिता अझर, नेपाल महिला एकता समाजका तर्फबाट भागवती अधिकारी, सञ्जु गुरुङ, रोजगार सेवा शाखाका अधिकृत षडानन्द दाहाल , श्रम डेस्ककाे कर्मचारी आरजु खड्का लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय