बुढानीलकण्ठ नगरपालिका वडा नं ३ का स्थानीय बिन्दा नेपाली आज माघ २३ गते मित्रराष्ट्र भारतमा आयोजना हुन लागेको ‘तेस्रो वाको इण्डिया अन्तर्राष्ट्रिय किक बोक्सिङ्ग टुर्नामेन्ट’ (3rd WAKO India Open International Kickboxing Tournament) का लागि नेपालका तर्फबाट सहभागिता जनाउनका लागि भारत प्रस्थान गर्न लागेका छन् ।
नेपालका तर्फबाट कुल ७ जना खेलाडी जाने उक्त प्रतियोगीताको निर्णायक (Referee) को रुपमा बिन्दा नेपाली सहभागि हुन लागेकि हुन् ।
उनलाई आज नगर उपप्रमुख अनिता लामा, खेलकुद विकास समिति संयोजक सुमन तामाङ, वडा नं ०३ अध्यक्ष आकाश धिताल र वडा सदस्य विकास तामाङले शुभकामना सहित विदाई गर्नु भएको छ ।
उनि सँगै सहभागीताका लागि खेलाडीहरु रोशन आछामी, पुकार श्रेष्ठ, साजन थिङ्ग तामाङ्ग र अर्का एक गरि चारजना खेलाडी भारतका लागि आज प्रस्थान गर्दै छन्।
त्यस्तै उक्त खेलाडी टीमकका ‘टिम म्यानेजर’ का रुपमा साइमन उप्रेती र कोचका रुपमा देवान्स् श्रेष्ठसमेतको टोली समावेश छन् ।
प्रतियोगीता भारतको नयाँ दिल्लीमा आयोजना हुँदैछ । प्रतियोगीताका लागि नेपालका तर्फबाट प्रस्थान गर्ने खेलाडीहरू फेब्रुवरी ७ देखि १३ सम्मका भारतमा रहेछन् ।
बु.न.पा. ३ का स्थानीय खेलाडी सन् २०१५ मा आयोजित एशियन गेम्समा किक बक्सिङ्ग खेलतर्फबाट गोल्ड मेडलिस्ट समेत रहेका छन्।