बुढानीलकण्ठ, माघ १६ गते |

सामाजिक सुरक्षा कोषका निर्देशक तथा ट्रेड युनियन (GEFONT) का अध्यक्षको प्रमुख उपस्थितिमा बुढानीलकण्ठ नगरपालिकामा सामाजिक सुरक्षा कोष सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीद्वारा सामाजिक सुरक्षा कोष सम्बन्धित ऐन, कार्यविधि तथा राष्ट्रिय तथा स्थानिय तहमा सामाजिक सुरक्षा कोषको प्रक्रिया र श्रमिकहरुले पाउने सेवा सुविधाहरुका विषयमा विस्तृत जानकारी सहित प्रस्तुतिकरण गर्नुभएको थियो ।

श्रमिकहरुका लागि जिफन्टमा सुचिकृत रहेका श्रमिकहरुलाई मान्यता प्रदान गरि स्थानी तहबाट सेवा सुविधाहरु प्रदेन गर्न सकिने जीफन्टका अध्यक्ष बिनोद श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समयमा समेत विभिन्न समयमा श्रमिकहरुका लागि सामाजिक सुरक्षा कोषको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धि बृहत छलफल भएको थियो ।

श्रमिकहरुको हक अधिकार सुनिश्चितताका लागि नगरपालिकाले दायित्व बहन गर्ने तथा श्रमिक हकको संरक्षण हेतु सुरक्षा कोष खडा गरी योजना निर्माण गर्नका लागि आजको छलफल कार्यक्रम आयोजना गरिएको हो ।

नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, नगरपालिकाका उपप्रमुख तथा श्रम समन्वय समिति संयोजक अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, वडाका अध्यक्ष तथा कार्यपालिकाका सदस्यहरु, शिक्षा महाशाखा प्रमुख, महिला तथा बालबालिका महाशाखा प्रमुख, प्रशासन प्रमुख, राजश्व प्रमुख, श्रम समिति, रोजगार सेवा शाखा, श्रम डेस्क लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय