बुढानीलकण्ठ, माघ १५ गते । 

फेब्रुअरी १ देखि ५ मा थाइल्याण्डको बैंककको प्रख्यात लुम्पिनी बक्सिङ रङ्गशालामा हुन लागिरहेको Amazing Muay Thai विश्व महोत्सवमा भाग लिन जान लागेको डब्लु.बि.सि. मोई थाई नेपाली टोलीलाई बुढानीलकण्ठ नगरपालिकाले बिदाई गरेको छ ।

खेलाडिहरुलाई प्रदेश माननीय जयराम थापा, नगर प्रमुख मिठाराम अधिकारी, खेलकुद विकास समिति संयोजक सुमन तामाङ, नगर प्रवक्ता नवराज भट्टराई,लगायत अन्य जनप्रतिनिधिहरुले खादा र सम्मान सहित जितको अग्रिम शुभकामना व्यक्त गर्दै माघ १५ गते बिदाई गर्नुभएको हो ।

नेपालबाट चार खेलाडी, ४० केजीमा गेन्जी राई, ५७ केजी एलिटमा विक्रम राना मगर, ५७ केजीमा अक्षत चौधरी र ६० केजीमा कोसन राई सहित प्रशिक्षक राजु राई सहित अफिसियल दिपक तामाङ, रिसाल गुरुङ, मीन बहादुर गुरुङ र मिलन श्रेष्ठको टोली नेपालको प्रतिनिधित्व गर्ने यहि मिती जनवरी २९ सोमबार का दिन थाइल्याण्ड प्रस्थान गर्न लागेको नेपाल राष्ट्रिय मोईथाई संघका सचिव तथा WBC मोईथाई नेपालका महासचिव दिपक तामाङले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिन गइरहेका खेलाडिहरुको प्रोत्साहनको लागी बुढानीलकण्ठ वडा नं ०१ का अध्यक्ष सुरेन्द्र लामा टोलि सँगै सोहि दिन थाईलान्ड जान लाग्नुभएको छ ।

यस अधि २०२३ मा पनि सो प्रतियोगितामा नेपालबाट खेलाडीहरूले भाग लिएका थिए जसमा बुढानीलकण्ठ वडा नं ०५, डाडागाँउ बस्ने गेन्जी राईद्वारा रजत पदक हासिल पार्न सफल हुनुभएको थियो ।

यस पटक पनि थप सफलता प्राप्त गर्ने टोलिको लक्षय रहेको WBC मोईथाई नेपालका अध्यक्ष राजु राईले जानकारी दिनुभयो ।

WBC मोई थाई भनेको के हो ?

WBC Muay Thai 2004 मा विश्व बक्सिङ काउन्सिल (WBC) अन्तर्गत एक गैर-लाभकारी संस्थाको रूपमा विश्वव्यापी रूपमा professional Muay Thai खेलाडीहरू विकास गर्ने मिशनको रूपमा स्थापित भएको थियो ।

WBC Muay थाई मुख्यालय बैंकक, थाइल्याण्ड मा स्थित छ। नियमहरू थाइल्याण्डको खेल प्राधिकरणको बक्सिङ खेलको बोर्ड (व्यावसायिक खेलकुदको कार्यालय) द्वारा सेट गरिएको छ।

नेपालमा WBC Muay Thai Nepal को स्थापना 27 अगस्त 2021 मा बूढानीलकण्ठ नगरपालिका-05, काठमाडौं नेपाल मा भएको थियो।

उद्देश्य र उद्देश्यहरुः

१. नेपालमा Muaythai संस्कृति फस्टाउन ।
२. नेपालबाट व्यावसायिक Muay Thai खेलाडी उत्पादन गर्ने ।
३. Muay Thai एथलीटहरू बीच रैंकिंग प्रणाली कार्यान्वयन गर्दै ताकि शीर्ष एथलीटहरूले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न सकून्।
४. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलहरु आयोजना गर्ने।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय