बुढानीलकण्ठ, माघ १५ गते ।
राजनीतिज्ञ एवं समाजसेवि विदुर विक्रम खड्का बुढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष पदमा चयन हुनुभएको छ ।
माघ १५ गते बसेको बुढानीलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
समितिको सदस्य सचिवमा राजेन्द्र खड्कालाई चयन गरेको उक्त बैठकले समितीको सदस्यहरुमा राजु अधिकारी ,ज्ञानकाजी श्रेष्ठ ,गणेश कुँवर,रामजी उपाध्याय,नारायण दुलाल ,मंजु बस्नेत थापा र सुशील महर्जनलाई सदस्यमा चयन गरेको छ ।
लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका खड्काले बुढानिलकण्ठ मन्दिर सहित क्षेत्र विकास समिति अन्तर्गत रहेका सांस्कृतिक र धार्मिक सम्पदाहरुको संरक्षण ,सम्वर्धन र प्रवर्धनको नेतृत्व गर्नेछन् ।
उहाँले आफ्नो कार्यकालमा मन्दिरको मुहारनै फेर्ने एवं हरेक पक्षमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।