बुढानीलकण्ठ, माघ १४ गते । 

बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को आयोजना र रोबोटिक्स एसोसिएसन नेपालको सह-आयोजनामा रोबोटिक्स वर्कसप(BootCamp) सुरु भएको छ ।

नगर युवा परिषद कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईका अनुसार आधुनिक प्रविधि, आर्टिफिसीयल इन्टलिजन्स (AI) र रोबोट सम्बन्धी प्रयोगात्मक ज्ञान दिँदै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन योग्य बनाउने उद्देश्यले आजबाट रोबोटिक्स ‘कार्यशाला’ संचालन भएको हो ।

सामुदायिक विद्यालयहरुलाई लक्षित गरी माघ १४ गते दखी १७ गते सम्म दुई दिवसीय “रोबोटिक्स वर्कशप” संचालन गर्ने नगर युवा परिषदको निर्णय अनुसार पहिलो चरणको कार्यशाला सुरु भएको कार्यक्रम संयोजक एवं नगर युवा परिषद कार्यकारी सदस्य नेहा गुरुङले जानकारी दिनुभयो ।

पहिलो चरणको कार्यशाला अन्तरगत वडा नं. १० देखी वडा नं. १३ सम्मका ७ वटा विद्यालयका विद्यार्थीहरुलाई आजबाट प्रशिक्षण सुरु भएको हो । कार्यशालामा कक्षा ७ देखि १२ सम्मका ८६ जना विद्यार्थी सहभागी छन् ।

कार्यशालामा रोबोटिक्स एसोसिएसन अफ नेपालका प्रशिक्षक किरण क्षेत्री, राजन गह मगर, सचिन मगर, श्रेयक सिलवाल र कुनाल साहले प्रशिक्षण दिईरहेका छन् ।

प्रशिक्षक राजन मगरका अनुसार विद्यार्थिहरुलाई RC CAR, Touch Switch, Automated Street Light र SPDT & DPDT Switch बनाउन सिकाईन्छ ।

दुई भागमा विभाजन गरिएको प्रशिक्षण कार्यक्रम अन्तरगत अर्को सत्र माघ १६ र १७ गते वडा नं. १ देखि वडा नं. ९ सम्मका ९ वटा विद्यालयका विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा कार्यशाला संचालन गरिन्छ ।

कार्यशाला पश्चात नगर स्तरमै माघ १८ गते प्रतियोगिता आयोजना हुन्छ र त्यसबाट विजेता बनेका १० जनालाई थप प्रशीक्षण दिई रोवोटिक्स एसोसिएसन नेपालको आयोजित “यन्त्र ९.०”, राष्ट्र स्तरीय रोबोटिक्स प्रतियोगितामा सहभागि गराईने संयोजक गुरुङले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय