बुढानीलकण्ठ, माघ १४ गते ।

बुढानीलकण्ठ नगरपालिकाको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समिक्षा र चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समिक्षा सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ ।

नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, सम्पुर्ण वडाका वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, नगरपालिका महाशाखा\शाखा प्रमुख एवम् कर्मचारीहरको उपस्थितिमा माघ १२ र १३ गते कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम आयोजनाको समन्वय नगरपालिका योजना अनुगमन तथा मुल्यङ्कन महाशाखाले गरेको थियो ।

नगर प्रशासकीय अधिकृत तुल्सीराम अर्यालबाट स्वागत मन्तव्य मार्फत यस कार्यक्रमको आवश्यक्ता, औचित्य र उपदयेताबारे प्रष्ट पार्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 

२ दिने समिक्षा कार्यक्रममा वडा कार्यलय तथा नगरपालिका महाशाखा\शाखाहरुको प्रगति विवरण सम्बन्धी प्रस्तुतिकरण तथा छलफल भएको थियो । कार्यक्रममा बार्षिक प्रगति समीक्षा तथा चालु आ.व. को नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठी सञ्चालन भएको सूचना अधिकृत केदार प्रसाद खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्पुर्ण वडा तथा महाशाखा\शाखा बाट वार्षिक तथा अर्द्धवार्षिक प्रगती विवरणको प्रस्तुतिकरण भएका थिए ।

वडा तथा महाशाखा\शाखा बाट भएको प्रस्तुतिकरणको क्रममा सम्बन्धीत वडा कार्यलयका वडा अध्यक्ष र वडा सचिवले संयुक्त प्रस्तुतिकरण दिनुभएको थियो । जसमा  राजश्व, घटना दर्ता, भौतिक पुर्वाधार लगायत समाजिक विकासमा भएका प्रगति विवरणहरु प्रस्तुत भएका थिए ।

विवरणको तथ्याङ्क अनुसार वडाहरुको राजश्व उठ्ने दर वृद्धि भएको छ । साथै, वडा स्तरीय योजनाहरु सम्झौता भए अनुसार अधिकांश रुपमा सम्पन्न भएको विवरण पेश गरिएको थियो ।

महाशाखा\शाखाबाट सम्बन्धीत कार्यालयको प्रमुखहरुले प्रगती विवरण तथ्याङ्क सहितका विवरण, सेवा प्रवाहमा हुने चुनौति लगायत चालु र आगामी वर्षमा गरीने योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।

प्रगति विवरण प्रस्तुतिकरण पश्चात समिक्षा सत्र सञ्चालन भएको थियो । यस सत्रको सहजिकरणको भुमिकामा समाजिक विकास समिति शान्ता ढकाल पुडासैनी हुनुहुन्थ्यो ।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिका जनप्रतिनिधि र प्रशासनिक कर्मचारीहरु विचको समन्वय र सहकार्यबाटनै नगर विकास सम्भव भएकाले सबै पक्षका प्रगती र विवरणहरुको नियमित समिक्षा गर्दै सुधारका पक्षहरु मुल्याङ्कन गर्न जरुरी रहेको बताउनुभयो ।

नगर विकास र सेवा प्रवाहमा चुनौती र अवसर दुवै भएको अवस्थामा कामहरु कार्यान्वयन गर्दा नगरवासि, वडा तथा प्रशासनिक कर्मचारिहरुले विश्वास गरी साथ र सहयोग गर्नुभएकोमा धन्यबाद दिनु भएको थियो । यस समिक्षाबाट नगरपालिकाको हालको स्थिति मुल्याङ्कन हुने भएकोले यसै गोष्ठिबाट आएका प्रगति र चुनौति अनुसार आवश्यक अवसरहरु उत्पादन गर्न सबै निकाय माझ प्रमुख अधिकारीले अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख अनिता लामाले नगरपालिकाको आगामि दिनहरुमा सम्पादन गरिने कार्यहरुको सुरुवात गर्नु अघि विगतमा सञ्चालन भएका योजना र कार्यक्रमहरुको अनुसन्धानत्मक समिक्षा जरुरी रहेकोले यस कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

नगरप्रवक्ता नवराज भट्टराईले आफ्नो भनाई राख्दै जनप्रतिनिधि र कर्मचारीको साथ, सहयोग र समन्वयमा रचनात्मक योजनाहरु मार्फत नगर विकासमा हातेमालो गर्दै आगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

नगरपालिका प्रमुख प्रशासकिय अधिकृतले वडा तथा महाशाखा/शाखाको प्रस्तुतिहरु एकदमै उत्कृष्ट रहेको बताँउदै प्रस्तुतिकरणबाट आएका विवरण र गुनासोहरुको सम्बोधन गर्नु भएको थियो । वडागत प्रगति विवरणमा आएको उल्लेखनिय राजश्व वृद्धिको विषय नगरपालिकाको उपलब्धिको रुपमा आफुले मुल्याङ्कन गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय