बुढानीलकण्ठ नगरपालिकामा आयोजित दुई दिने “तेश्रो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला” अर्थात बुढानीलकण्ठ करियर फेयर सम्पन्न भएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजना, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहआयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा भएको २ दिने मेलामा ११,८८० जनाले उपस्थिति दर्ता गराएको आयोजकले जनाएको छ ।

नगरपालिका प्रशासनीक भवन परिसरमा २ दिनसम्म संचालन भएको मेलामा विभिन्न क्षेत्रका ४२ वटा स्टल राखिएका थिए । जसमध्य १९ वटा उद्योग र कम्पनीहरुले ३० वटा रोजगारीको अवसर प्रदान गरेका थिए । २७ जनाले उक्त रोजगारीको अवसरमा अन्तरवार्ता समेत दिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ७५० जनाको बायोडाटा संकलन भएका छन् भने ९१५ जनाले तालिम र सिप सिक्नका लागी फारम भरेका छन् । ४,८७६ जनाले वृत्ति सेवा पाएका थिए  भने प्रेरणादायी ‘गरि खाने कथा’ सत्रमा ५११ जनाले सहभागिता जनाएका थिए । मेलामा उद्योग तथा कम्पनीहरुबाट ५६,६५० रुपैयाँ बराबरको सामानहरु बिक्रि भएका छन्।

मेलाको दोश्रो दिन (आज) प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, दिगो सम्मानीत रोजगारीका लागी सिप परियोजनाका रविन्द्र सिंह, नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा/शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र नगरपालिका कर्मचारीहरुको उपस्थितिमा समापन गरिएको थियो ।

समापन कार्यक्रममा नगरपालिकामा २० वर्ष देखि उद्योग संचालन गर्दै १ सय जना भन्दा बढिलाई हाल रोजगारी दिईरहेका निम्तो शेर्पालाई सम्मान गरिएको थियो ।

विगत लामो समय देखि सामुदायिक विद्यालयहरुमा वृत्ति विशेष कक्षा र तालिम संचालन गर्दै आउनुभएका शिक्षक शिक्षिकाहरुलाई नगर प्रमुख अनिता लामाले कदर पत्र हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै मेलामा सहभागी सम्पुर्ण स्टल संचालकहरुलाई उपस्थित अतिथिहरुले कदरपत्रले सम्मान गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय