बुढानीलकण्ठ, माग १० गते । 

बुढानीलकण्ठ नगरपालिका वडा नं ०३ स्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा संचालनमा रहेको अल्ट्रा साउण्ड सेवा (भिडियो एक्स रे) प्रत्येक विहीवार र शुक्रवार दिनको १ बजे वाट सेवा प्रदान गरीने भएको छ ।

स्वास्थ्य चौकिले सूचना जारी गर्दै बुढानीलकण्ठ नगरपालिकाको कार्यविधी अनुसार र यस स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार हाल लाई प्रत्येक बिहीबार र शुक्रबार दिनको १ बजे वाट सेवा प्रदान गरीने जनाएको हो ।

जारी सूचना अनुसार नगरपालिका भित्रका सरकारी स्वास्थ्य संस्थामा दर्ता भई अल्ट्रा साउण्ड सेवा आवश्यक ठानीएका १५ जना गर्भवति महिला लाई विहिबार गरिने  र शुक्रबार को दिन ५ जना गर्भवती महिला गरी २० जना सेवाग्राही लाई निशुल्क अल्ट्रा साउण्ड सेवा दिईने छ ।

साथै अन्य सेवा ग्राही १० जना लाई सहुलियत दर रु ४०० मा प्रत्येक शुक्रवार १ बजे पछि अल्ट्रा साउण्ड सेवा प्रदान गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय