बुढानीलकण्ठ, पौष २० गते । 

बुढानीलकण्ठ नगर सभाको १३ औँ नगर अधिवेशन पौष २० गते सम्पन्न भएकाे छ ।

नगर कार्यपालिका भवनको सभाहलमा संचालन भएको अधिवेशनमा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्यहरू, नगरपालिकाका कर्मचारीहरू र पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

राष्ट्रिय गान र सहिदहरूको श्रद्दा सुमन व्यक्त गरेपश्चात नगरप्रमुखले कार्यक्रम सुरू गर्नुभएकाे थियाे । कार्यक्रमको संचालन नगर प्रवक्ता नवराज भट्टराईले गर्नुभयो । 

संविधानमा र स्थानीय तह संचालन ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्यक आर्थिक वर्षमा नगरसभाकाे बैठक ६ महिनाकाे अन्तरालमा बस्ने गरेकाे छ ।

यस हिउँदे नगर अधिवेशनमा चालु आ.व. २०८०/८१ काे बजेट कार्यक्रम स्वीकृत भएदेखी ६ महिना भित्र कार्यान्वयन भएकाे सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल, अर्धवार्षिक समीक्षा र मुल्याङ्कन गरिएकाे थियाे ।

राजस्व परामर्श समिति, सुशासन समिति, विधायन समिति, लेखा समिति, पूर्वाधार विकास समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति, आर्थिक विकास समिति र सामाजिक विकास समिति गरी जम्मा ८ वटा समितिद्वारा आवश्यक सुधार संशोधन समेत प्रस्तुत गरिएकाे प्रगति प्रतिवेदन सभाबाट छलफल भइ पारीत भएकाे छ ।

यसै गरी सोहि अधिवेशनबाट सुशासन व्यवस्थापन तथा सञ्चालन विधेयक, जनस्वास्थ्य ऐन र साँस्कृतिक प्रतिष्ठान विधेयक माथि छलफल भई पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय