बुढानीलकण्ठ, पौष १९ गते । 

बुढानीलकण्ठ नगरपालिका कृषि बिकास शाखाको आ.व.२०८०/०८१ को स्वीकृत (आन्तरिक) कार्यक्रम अन्तर्गत ‘असल कृषक’ कार्यक्रम र कौसी खेती प्रतियोगिता कार्यक्रम संचालन हुन लागेको छ ।

उक्त प्रतियोगितामा सहभागी हुनको लागि आवश्यक शर्तहरुमा रही नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक समूह/ निजी कृषि फार्महरुलाई माघ ०७ गते भित्र नगरपालिकाको कृषि बिकास शाखामा आवेदन दिनुहुन कृषि शाखाले सूचना प्रकाशन गरेको छ ।

असल कृषक कार्यक्रममा सहभागिताको लागि न्यूनतम शर्तहरु :

१. प्लाष्टिक टनेल भित्र कम्तिमा ५ रोपनी क्षेत्रफमा खेती गरिएको हुनुपर्नेछ । २. स्थानीय सम्वन्धित वडा कार्यालयमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ ।
३. कृषक समूह भएमा कृषि बिकास शाखामा दर्ता भएको हुनुपर्नेछ ।
४. यस कार्यक्रमा सहभागी हुन ईच्छुक कृषक/कृषक समूहहरुले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र निजी कृषि फार्म भए सम्वन्धित वडा कार्यालयमा र कृषक समूह भएमा नगरपालिकाको कृषि बिकास शाखामा दर्ता गरी सहभागी हुन पाईनेछ ।
५. कन्ये च्याउ खेती कम्तिमा १ रोपनी क्षेत्रफलमा र सिताके च्याउ कम्तीमा १००० (एक हजार) काठको मुडामा खेती गरिएको हुनुपर्नेछ ।
६. आलंकारिक विरुवा नर्सरी/फूल नर्सरी/तरकारीको नर्सरी भएमा कम्तिमा १ रोपनीमा गरिएको हुनु पर्नेछ ।
७. कुनै पनि सरकारी निकायहरु संघ, प्रदेश वा स्थानीय तहबाट दण्ड जरिवाना नभएको (कालो सूची वा अन्य कारवाहीमा नपरेको) हुनुपर्नेछ ।

कौसी खेती प्रतियोगिता कार्यक्रममा सहभागिताको लागि न्यूनतम शर्तहरु :

१. कौसी खेती प्रतियोगितामा सहभागी हुन कौसी खेती गर्ने कृषकहरुको कृषक समूह दर्ता नगरपालिकामा भएको हुनुपर्ने छ । हालसम्म कृषि बिकास शाखामा दर्ता नभएका कौसी खेती गरी रहेको कृषकले कौसी खेती प्रतियोगिता कार्यक्रममा सहभागी हुनको लागि सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कृषि बिकास शाखामा कृषक समूह दर्ता गरी सहभागि हुन पाउने छन् ।

२. कौसी खेती गर्ने कृषक समूह भित्रको सदस्यहरुले कम्तिमा १० घर धुरीले प्रति घर धुरी कम्तिमा ५० वटा (गमला, ग्रो व्याग, क्रेट) मा खेती गरेको हुनपर्नेछ ।

३. कौसी खेतीको फिल्ड अनुगमन गर्दा कृषक समूहको संयोजकको अगुवाईमा कम्तिमा १० घर धुरीको कौसी खेती अनुगमन गरिनेछ ।

४. कौसी खेती प्रतियोगितामा पुरस्कृत गर्दा कृषक समूहगत पुरस्कृत गरिनेछ ।

नोटः
उल्लेखित कार्यक्रममा सहभागी हुन दर्ता नभएका ईच्छुक कृषक समूह र व्यवसायिक तरकारी खेती फार्महरुले सूचना प्रकाशन भएको मिति देखि ७ दिन भित्र सम्वन्धित वडा कार्यालयमा र कृषि समूह भएमा कृषि बिकास शाखामा कृषक समूह दर्ता गरी आवेदन दिन पाईनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय