बुढानिलकण्ठ नगरपालिकाका दुई स्थानमा य: मरि महोत्सव भव्य रुपमा मनाइँदै छ।
पौष ७ गते शनिबारबाट बु.न.पा. १३ मा शुरु भएको महोत्सवमा य: मरिका साथसाथै विभिन्न नेवारी परिकारहरू राखिएका छन् । त्यसका साथै ऐतिहासिक तथा पुराना सामान तथा विभिन्न समयमा संकलित नोट तथा सिक्काहरुकाे महोत्सवमा राखिएका छन्।
बु.न.पा १३ मा ११ गते, बुधबारसम्म महोत्सव सञ्चालन हुनेछ ।
बुढानीलकण्ठ चेतनसील महिला समाजको आयोजनामा बुढानीलकण्ठ मन्दिर परिसरमा आज पौष ९ र भोलि १० गते र यही आउँदो १४ गते शनिबार घुम्ती स्थित हालको वडा नं ३ काे कार्यालय तथा कोशेली भवनमा य: मरि महोत्सव सञ्चालन हुनेछ ।