नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीले वडामा रहेको ४० रोपनी सार्वजनिक जग्गा सहित अन्य सार्वजनिक सम्पतिको संरक्षणकालागि बुढानिलकण्ठ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

नेकपा एमाले बुढानिलकण्ठ -११ को टोलीले नगर प्रमुख मिठाराम अधिकारीलाई ज्ञापनपत्र बुझाउदै नगरपालिकामा रहेका सार्वजनिक जग्गा र अन्य सम्पतिहरुको संरक्षण गर्नका लागि सक्रिय पहल गर्न आग्रह गरेको हो।

वडा नं ११ कमिटीले साविक कपन गाविस वडा नं ७ मा रहेको करिव ४० रोपनी सार्वजनिक जग्गा व्यक्ति /संस्थाले हालसाविक गरेर अपचलन गरेको समाचार संचार माध्यममा प्रकासित भए संगै नापी कार्यालय चावहिललाई पत्र बुझाउदै सत्य तथ्य छानविनको माग समेत गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय