बुढानीलकण्ठ नगरपालिकामा सुचिकृत रहेका श्रमिकहरुको विषयमा केन्द्रित रहि बैठक सम्पन्न गरिएको छ ।

सामाजिक सुरक्षा कोषका निर्देशक श्री कृष्ण अधिकारीज्यूको प्रमुख उपस्थिति, सामाजिक सुरक्षा कोषका प्रतिनिधी श्री केदार ज्ञवालीज्यूको उपस्थिति तथा श्रम समन्वय समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख अनिता लामाको अध्यक्षता नगरपालिकाका स्थानीय तथा विभिन्न क्षेत्रहरुमा कार्यरत तथा अन्य अनौपचारिक क्षेत्रमा स्वरोजगारमा आवद्ध व्यक्तिहरुको सामाजिक सुरक्षा कोषमा उल्लेख गराउने लगायतका विषयहरु सम्बन्धी बृहत छलफल गरिएको हो ।

नगरपालिकामा सुचिकृत १५ जना स्थायी श्रमिकहरुले प्रदान गर्ने श्रम योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना गर्ने र कार्यपालिकाको निर्णय पश्चात् कोषमा आवद्ध गर्ने व्यवस्था सहितको विषयहरुमा केन्द्रित रहि छलफल सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय